२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भिरबाट लडेर दाजुभाइकै एकसाथ मृत्यु


0
Shares

मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए ।

साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै उनीहरुको ज्यान गएको बताइएको छ ।

दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए ।

घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्छ । (रासस)