२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले राजिनामा दिए


0
Shares

रुससँग निकटसम्बन्ध भएको विषय सार्वजनिक भएपछि फ्लिनलाई राजिनामा दिन दबाब बढेको थियो ।

केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले सत्ता सम्हाल्नु पूर्व अमेरिकास्थित रुसी राजदूतसँग प्रतिबन्धका विषयमा छलफल गरेको दावी गरेका थिए ।

जुन विदेश नीतिको उल्लंघन मानिन्छ । उनले उपराष्ट्रपति माइक पेन्सलाई पनि आफूले त्यस्तो कुरा नगरे भन्दै विश्वास दिलाएका थिए ।

जसलाई हवाला दिएर पेन्सले फ्लिनका बचाउ गरेका थिए । फ्लिनको गतिविधि राष्ट्र हितमा नभएको भन्दै डेमोक्रेट नेताहरुले राजिनामा मागेका थिए ।

माइकल फ्लिन चुनाव प्रचारका समयमा ट्रम्पका निकै नजिकका सहयोगी मानिन्थे । (एजेन्सी)