एउटा राँगा/भैंसीको छालाबाट ३ ओटासम्म डोको, फस्टायो बुढामगरको व्यवसाय • Image Khabar Image Khabar


एउटा राँगा/भैंसीको छालाबाट ३ ओटासम्म डोको, फस्टायो बुढामगरको व्यवसाय


Imagekhabar
३ फाल्गुन २०७३, मंगलवार १७:३९

एउटा राँगा/भैंसीको छालाबाट ३ ओटासम्म डोको, फस्टायो बुढामगरको व्यवसाय

रोल्पामामात्र नभइ चितवन, पोखरा, काठमाडौंलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ ।

एउटा राँगा र भैंसीको छालाबाट करिब तीनओटासम्म डोको बनाउन सकिने बुढामगर बताउँछन् ।

प्रतिडोकोको मूल्य रु एक हजारदेखि रु एक हजार २०० सम्म पर्छ ।

छालाको डोको बनाएर बुढामगरले मासिक रु ३० हजारदेखि ४० हजारसम्म आम्दानी गर्दै आएका छन् । डोकोलाई घामपानीबाट बचाउन सके पाँचदेखि सात वर्षसम्म टिक्ने उनी बताउँछन् ।

एउटा राँगा/भैंसीको छालाबाट ३ ओटासम्म डोको, फस्टायो बुढामगरको व्यवसाय

बुढामगरको आर्थिक अवस्था कमजोर थियो । आम्दानीको स्रोत थिएन । उनी रोजगारीका लागि कुबेत पुगे । सोचेअनुसारको कमाइ नभएपछि उनी घर फर्किए ।

बुढामगरले ललितपुरको इँटाभट्टामा मजदुरी गरेर स्नातकसम्म अध्ययन गरे । जिल्ला शिक्षा कार्यालयमार्फत् सन्चालित अनौपचारिक शिक्षा कार्यक्रमका लागि निरीक्षककारुपमा नियुक्त भएपछि उनी रोल्पा फर्किए ।

‘मासिक रु ७०० पारिश्रमिकमा काम गर्न थाले, फिल्डमै हिँड्दा–हिँड्दै सबै रकम सकिन थाल्यो’–उनले भने ।

श्रीमतीको पत्थरीको शल्यक्रिया गर्नुपरेपछि बुढामगरलाई गरिबीले नराम्रोसँग पिरोल्यो । उपचारमा लागेको ऋण तिर्ने मनसायले उनले लिबाङमा २०५७ सालदेखि मासु पसल सन्चालन गरे ।

उनले मासुसँगै छालाको डोको बनाएर बिक्री गर्न थाले । ‘पछिल्ला दिनमा छालाको डोकोको माग बढ्दै गएको छ’–उनले भने । उनी व्यवसायबाट सन्तुष्ट छन् ।

‘छोराछोरीले यही व्यवसायको आम्दानीले उच्चशिक्षा हासिल गरेका छन्’–बुढामगरले भने । उनले हाल लिबाङमा चार रोपनी जग्गासमेत किनेका छन् ।

उनले आफ्नै लगानीममा बधशाला निर्माण गरेका छन् । उनका एक छोरा र एक छोरी हाल सरकारी जागिरमा प्रवेश गरेका छन् ।

जिल्ला पशुसेवा कार्यालयले उनको कामको मूल्यांकन गर्दै रु दुई लाख ४० हजार अनुदान दिएको छ । बुढामगर जिल्लामा सफल व्यवसायीकारुपमा स्थापित भएका छन् ।

जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा. निमबहादुर सिंहकाअनुसार राँगा तथा भैंसी काट्न लिबाङमा दुईओटा, सुलिचौर र घर्तीगाउँमा एक÷एकओटा बधस्थल तथा मासु पसल सन्चालनमा रहेका छन् ।

उनीहरुले छालाको डोकोसमेत बनाउँदै आएका र कार्यालयले सोसम्बन्धी तालिमसमेत प्रदान गर्दैआएको सिंह बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्