२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


साँखुमा सरकार र नेपाली सेनाको सहयोगमा ज्येष्ठ नागरिक आश्रम निर्माण


0
Shares

काठमाडौंको उत्तरपूर्वमा अवस्थित जहरसिंह पौवानजिकै रमणीय स्थानमा सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्र्तगत् उक्त आश्रम निर्माण गरिएको हो ।

२५ रोपनी क्षेत्रफलमा निर्माण भएको मैत्री सेवा आश्रममा जेष्ठ नागरिकका लागि आवश्यक पर्ने अस्पताल, योग केन्द्र, आध्यामिक केन्द्र, कुटीलगायत सन्चालनमा ल्याउने जेपी प्रतिष्ठान मैत्री सेवाश्रमले जनाएको छ ।

नेपाल सरकार तथा नेपाली सेनाको कल्याणकारी कोषसमेतको सहयोगमा १८ करोड रुपैयाँको लागतमा पहिलो चरणको काम सम्पन्न भएको हो ।

भवन उद्घाटनकाक्रममा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई सबैले आदर र माया गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुर्‍याएका कतिपय गाउँबस्ती अझैपनि सरकारको सहयोगको आशामा बसिरहेको भन्दै ‘त्यसतर्फ सरोकारवालाहरुको ध्यान पुगोस्’–भनिन् ।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले हरेक छोराछोरीले आफ्नो बाबु–आमाप्रतिको दायित्व बिसर्न नहुने भन्दै ‘ज्येष्ठ नागरिकहरु बृद्धाश्रम पुग्नुपर्ने अवस्था आउन दिन हुँदैन’भने ।

बृद्धावस्थामा ज्येष्ठ नागरिकहरुले नारकीय जीवन बिताउनुपरेको भन्दै मन्त्री खड्काले सरकारले विशेष कानुन ल्याउन लागेको जानकारी पनि दिए ।