१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘राज्य र राजनीतिक दल द्वन्द्वपीडितका समस्याप्रति उदासीन’


0
Shares

माओवादीबाट हत्या गरिएका माओवादी पीडित संघका तत्कालीन अध्यक्ष गणेश चिलुवालको १३औं स्मृति दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग पीडितमैत्री बन्न नसकेको गुनासो गरे ।

माओवादी तथा राज्य दुबैपक्षका पीडितहरुले हालसम्म पनि न्याय पाउन नसकेको भन्दै कार्यक्रमका सहभागीहरुले यथासक्य छिटो पीडितका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

माओवादी पीडित संघका संस्थापक अध्यक्ष चिलुवालको २०६० साल फागुन ३ गते माओवादीहरुले कार्यालयमै गोली हानी हत्या गरेका थिए ।