
उनले १५ दिनको अवधिमा वाणिज्य बैंकहरुमा ७१ अर्ब रुपैयाँ बचत निक्षेप भइ १५ अर्ब ऋण गएको बताए ।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा गरेको कार्यक्रममा गभर्नर नेपालले बैंकहरुमा लगानीयोग्य रकममा सुधार आएको बताए ।
बैंकहरुले ऋणीहरुलाई बीच–बीचमा बैंकको ब्याजदर बढाएर चिट्ठी काट्ने प्रबृत्तिलाई रोक्न राष्ट्र बैंकले कार्यविधि बनाइरहेको पनि गभर्नर नेपालले बताए ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकमा भएको तरलताको अभावले व्यवसायीहरुले ऋण नपाएको गुनासो गरे ।
उनले बैंकहरुमा लगानीयोग्य रकममा सुधार ल्याउन सरकारले पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए ।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले बैंकहरुले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहलाई केन्द्रित गरेको बताए ।
उनले कुनैपनि क्षेत्रमा कर्जा प्रवाह गर्न बैंकहरुले रोक नलगाएको भन्दै राष्ट्र बैंकले तोेकेको उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहलाई केन्द्रित गरेको बताए ।
विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछानेले स्वदेशी उद्योगी व्यवसायीले खोलेका ठूला बैंकले ब्याज बढाएको आरोप लगाउँदै कर्जा निक्षेप ब्याजदर अन्तर घटाउन पनि ठूला बैंकबाटै सुरु गर्नुपर्ने बताए ।
वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले उद्योगी–व्यवसायीले खोलेको बैंकहरुले नाफालाई प्राथमिकता दिँदा बैंकहरुमा समस्या आएको बताए ।
बैंकहरुलाई थोरै संख्यामा झार्दा पछि ऋण लिने/दिनेमा कार्टेलिङ हुन सक्ने भन्दै पुँजी बृद्धिलाई निरन्तरता दिँदै संख्यामा खुला छोड्नुपर्नेसमेत तुलाधरले बताए ।
व्यवसायीहरुले बैंकहरुको अदूरदर्शी नीति एवं नाफामुखी व्यवहारका कारण वर्तमान समस्या आएको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्