स्ववियु निर्वाचन फागुन १४ मै गराइने, सुरक्षा व्यवस्था सरकारले मिलाउने • Image Khabar Image Khabar


स्ववियु निर्वाचन फागुन १४ मै गराइने, सुरक्षा व्यवस्था सरकारले मिलाउने


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार ११:४६

स्ववियु निर्वाचन फागुन १४ मै गराइने, सुरक्षा व्यवस्था सरकारले मिलाउने

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच आज बालुवाटारमा भएको छलफलमा स्ववियु निर्वाचन गर्न चाहिने सम्पूर्ण सुरक्षाको व्यवस्था सरकारले मिलाउने सहमति भएको हो ।

निर्वाचन गराउन नसक्ने भन्ने क्याम्पस प्रमुखहरुसँग छलफल गरी सरकारले सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रधानमन्त्री दाहालले गरेका हुन् ।

बैठकले सुरक्षाको कुनै चिन्ता नलिई निर्वाचन कार्यक्रमलाई अघि बढाउन सम्बन्धित क्याम्पसहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एमाले नेता रविन्द्र अधिकारीले जानकारी दिए ।

बैठकले निर्धारित मितिमै स्ववियु चुनाव सम्पन्न गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्