Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


एउटा सेल्फीले चर्चित बनेकी युवतीलाई ‘बिहे प्रस्ताव’को ओइरो


0
Shares

तर एउटा सेल्फीले देशविदेशमै आफूलाई चर्चित बनाउला भनेर सायदै कसैले सोचेका हुन्छन् । भारतकी एउटी युवती एउटा सेल्फीका कारण रातारात चर्चित भएकी छन् । तर त्यो सेल्फी उनी स्वयंले लिएकी भने होइनन्, उनीसहितको सेल्फी तस्वीर बलिउड अभिनेता शाहरुख खानले लिएका हुन् ।

पुणेकी २१ वर्षीया छात्रा साइमा हुसेनसहित शाहरुखले लिएको ग्रुप सेल्फी इन्टरनेटमा भाइरल बनेको छ । शाहरुखले सामाजिक संजालमा पोस्ट गरेको सो तस्वीरलगत्तै साइमालाई बिहेको प्रस्ताव ओइरो लागेको छ ।

साइमालाई उनकै फेसबुकमा पनि फ्रेन्ड रिक्वेस्ट पठाउने उत्तिकै छन् । कश्मीरको राजधानी श्रीनगर निवासी उनले सामाजिक संजालमा आफूलाई बिहे, प्रेमको प्रस्ताव गर्नेहरुलाई हालै जवाफ पनि दिएकी छन् ।

उनले आफूले नै बनाएको युवतीको स्केच पोस्ट गर्दै लेखेकी छन्, ‘म केवल सुन्दर युवती हुनुभन्दा अलि बढी नै छु ।’ उनको यो पोस्टमा पनि हजारभन्दा बढीले लाइक गरेका छन् भने एक सयभन्दा बढी कमेन्ट आएको छ ।

कलेजले आयोजना गरेको कार्यक्रममा बलिउड नायक शाहरुख खान आएको समय साइमा संयोगवस शाहरुखको नजिकै पुगेकी थिइन् । साइमा र उनका साथीहरुको दृष्यलाई पृष्ठभूमि बनाएर शाहरुखले एउटा सेल्फी लिएका थिए । संयोग नै भन्नुपर्छ, शाहरुखले त्यही सेल्फीलाई सामाजिक संजालमा पोस्ट गरे । जसका कारण साइमा चर्चामा आइन् ।

उनले भनिन्, ‘मलाई त्यो तस्वीरको ख्याल नै थिएन, म त शाहरुखलाई हेरिरहेकी थिएँ, साथीले भन्दा पो थाहा पाएँ, त्यो तस्वीरमा म पनि रहेछु, इन्टरनेटमा भाइरल भइसकेको रहेछ ।’ (एजेन्सी)