२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जापानद्वारा पोखरामा खानेपानीका लागि ४ अर्ब ५२ करोड अनुदान


0
Shares

अर्थ मन्त्रालयमा भएको सम्झौतामा जापान सरकारले नेपाल सरकारलाई करीब ४ अर्ब ५२ करोड रुपैयाँको अनुदान सहयोग गरेको हो ।

नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र जापान सरकारका तर्फवाट नेपालका लागि जापानी राजदुत मासासी ओगावाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

परियोजना अन्तर्गत पानी प्रशोधन सहजीकरण तथा वितरण, पाइपलाईन सुधार गरिने छ । परियोजनाको समापन पछि पोखरामा सातामा सातै दिन खानेपानी आपूर्ति र पानीको गुणस्तर स्तरोन्नती हुनेछ ।

परियोजनबाट पानीको चुहावट अनुपात घट्नुका साथै खानेपानी आपूर्तिसँगसम्बन्धित समस्या कम हुने विश्वास गरिएको छ ।