२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


डडेल्धुरा जीप दुर्घटनाः एकै गाविसका सातजनाको मृत्यु, पाँच घाइते (मृतकको नामावली)


0
Shares

मृतक सबै भागेश्वर गाविसका छन् । मृत्यु हुनेहरुमा भागेश्वर–८ का गणेश सार्की, भागेश्वर–४ का लक्ष्मण भट्ट, भागेश्वर–४ कै जयानन्द भट्ट, भागेश्वर–५ का मदेब चटौत र भागेश्वर–५ कै नरपती पाण्डे रहेका छन् ।

यस्तै, भागेश्वर–५ का दिवाकर पाण्डे र भागेश्वर–७ का पदमबहादुर मल्लको उपचारकाक्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।

डडेल्धुराको भागेश्वर गाविसबाट डडेल्धुराबजार आउँदै गरेको से१ज ८३३ नम्बरको महेन्द्रा जीप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते पाँचजनाको क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । १२ जना चढेको जीप निमार्णाधीन साँघुरो बाटोमा दुर्घटनामा परेको भागेश्वर गाविसका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।