Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


उपत्यकामा साझाका रात्रिकालीन बससेवा सुरु, यस्तो छ पाँच रुट


0
Shares

                                                                                        फाइल फोटो
मंगलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल–पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज–गंगालाल अस्पताल–बाँसबारी न्यूरो अस्पताल पुगेर सोही मार्गबाट लगनखेल फर्कनेछ ।

दोस्रो रुट न्यूरोडस्थित नेपाल वायुसेवा निगमअघिबाट बानेश्वर–कोटेश्वरसम्म, तेस्रो रुट नेपाल वायुसेवा निगमबाटै कालीमाटी हुँदै कलंकी, चौथो रुट न्यूरोडबाट ठमेल–सोह्रखुुट्टे हुँदै नयाँबसपार्कसम्म र पाँचौं रुट न्यूरोड गेटबाटै नयाँबानेश्वर–एअरपोर्ट–गौशाला हुँदै चाबहिलसम्म सन्चालन सुरु भएको छ ।

रात्रिकालीन बससेवा सन्चालनका लागि जहाँबाट चढेर जहाँ झरे पनि रु २५ भाडा कायम गरिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

सेवा राति ८ः३० बजेदेखि ११ बजेसम्म सन्चालन हुनेछ । बसमा सीसीटीभी र टेलिभिजनको पनि व्यवस्था गरिएको साझा यातायातले जनाएको छ । रासस