Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


प्रणय दिवसमा प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या


0
Shares

चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भइ भरतपुर १० ओमशान्तिचोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन् ।

‘कक्षा ९ मा पढ्दै आएकी एक किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव गर्दा उनले नमानेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको देखियो’–प्रहरी प्रमुख थापाले भने ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

घटना मंगलबार साँझको भएपनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने उनले जानकारी दिए ।

अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी ती किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए । रासस