पाटन दरबार क्षेत्रको पुनःनिर्माण धमाधम, के–के बने ? (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


पाटन दरबार क्षेत्रको पुनःनिर्माण धमाधम, के–के बने ? (भिडियो रिपोर्ट)


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार १९:०६

पाटन दरबार क्षेत्रको पुनःनिर्माण धमाधम, के–के बने ? (भिडियो रिपोर्ट)

तर, २२ महिना हुँदा पनि पुनःनिर्माण र मर्मत–सम्हार नहुँदा चौतर्फी गुनासो बढ्न थालेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये ललितपुरको पाटन क्षेत्रमा भने तुलनात्मकरुपमा चित्तबुझ्दो ढंगले काम अघि बढेको छ ।

भूकम्पले ध्वस्त बनाएका ललितपुरको पाटन दरबार क्षेत्र र आसपासका महत्वपूर्ण सम्पदाको पुनःनिर्माण यतिबेला तीव्रस्तरमा भइरहेको छ ।

कतिपय सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको छ भने कतिपय धमाधाम निर्माणको चरणमा छ । पाटन दरबार क्षेत्रको ऐतिहासिक सुन्दरीचोक भवनको पूर्वी भाग र मूलचोकको भवन निर्माण सकिएको छ । भूकम्पले यी दुबै चोकमा रहेका भवन भत्काएको थियो ।

अहिले यी दुबै भवन पुरानैस्वरुपमा देखिने तर पहिलेभन्दा बलियो ढंगले पुनःनिर्माण गरिएको निर्माणको जिम्मा लिएको काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक एवं वास्तुविद् रोहित रञ्जितकारले जानकारी दिए ।

यसअलावा पाटन क्षेत्रकै सबैभन्दा पुरानो मध्येको चार नारायण मन्दिर, हरिशंकर मन्दिर, कृष्ण मन्दिरलगायतको निर्माण पनि फटाफट भइरहेको छ ।

भूकम्पले जग नै खल्बल्याइदिएको विश्वेश्वरको मन्दिर, मनिमन्डपका दुईओटा सत्तललगायतको निर्माणको कामलाई कोषले विशेष महत्व दिएको जनाएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

 

प्रतिक्रिया दिनुहोस्