
छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा अबको समय औद्योगिक क्रान्तिको समय भएकाले पूर्वाधार विकासका साथ साथै उत्पादनमूलक उद्योगमा लगानी गरी फाइदा लिन स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे ।
उद्योग मन्त्रालय औद्योगिक वातावरण निर्माणका लागि आवश्यक कानुनहरुको समसामयिक सुधारतर्फ लागेको मन्त्री जोशीले दाबी गरे ।
विदेशी लगानी तथा प्रविधि हस्तातरणसम्बन्धी कानुन मन्त्रालयबाट निर्माण भइ सरोकारवाला मन्त्रालयहरुबीच अन्तिम छलफलमा रहेको र आगामी लगानी सम्मेलनअगावै मन्त्रिपरिषदबाट स्वीकृत गरेर संसदमामा टेबुल गरिसक्ने प्रतिबद्धता मन्त्री जोशीले व्यक्त गरेको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्