२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नयाँ ग्यास उद्योगको स्वीकृति दिनुपर्ने माग


0
Shares

संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्यास उद्योगको सन्चालन खर्च र विक्रेता, वितरकहरुको लागतको उचित नाफा प्रतिशतमा बनाउनुपर्ने, नयाँ ग्यास उद्योगको स्वीकृति दिनुपर्ने माग अघि सारेको छ ।

यसअघि ३७ ओटा उद्योगलाई दिइएको स्वीकृति तत्कालीन सरकारले खारेज गरेको भन्दै पुनः सन्चालन अनुमति दिन संघले माग गरेको छ ।

संघले नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी ग्यास बुलेट सन्चालन गर्न तत्काल भारतसँग कुटनीतिक पहल गर्नुपर्नेलगायतका १७ बुँदे माग सरकारसमक्ष राखेको छ ।