२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वित्तीय स्थायित्वका लागि कठोर बन्न बाध्य नपारियोस् : गभर्नर


0
Shares

बैंकहरुमा भएको लगानीयोग्य रकमको समस्या विस्तारै हल हुँदै गएको भन्दै उनले ब्याजदर अन्तर, लगानी क्षेत्रको प्राथमिकतामा स्वः नियमन बसी कारोबार गर्न बैंकहरुलाई निर्देशन दिए ।

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गर्ने कार्यक्रममा गभर्नर नेपालले बजारलाई अप्ठ्यारो पार्न केन्द्रीय बैंकले नदिने जिकिर गरे ।

कार्यक्रममा प्रथम गभर्नर हिमालयशमशेर राणले बैंकमा देखिएको तरलता समस्या समाधान गर्न अर्थसचिवमार्फत् पुँजीगत खर्च बढाउन आग्रह गरेको बताए ।

उनले केन्द्रीय बैंकलाई पनि व्यक्तिगतरुपमा छिट्टै सुझाव दिने बताए ।

सुरुमा तीन जिल्लाबाट बैंकिङ कारोबार सुरु गरेको मुक्तिनाथ विकास बैंक राष्ट्रियस्तरको विकास बैंक भएपछि प्रधान कार्यालयलाई काठमाडौंमा सारेको हो ।

बैंकका अध्यक्ष मिनप्रसाद गुरुङ, प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले हासम्म १५ अर्ब निक्षेप संकलन गरी साढे १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

बैंकले १ लाखभन्दा बढी लघुवित्त सदस्यहरुलाई र ३ लाखभन्दा बढी अरु सेगाग्राहीलाई वित्तीय सेवा दिँदै आएको जनाएको छ ।

कार्यक्रममा नेपालको वित्तीय क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पूर्वगभर्नरहरुलाई सम्मान गरिएको थियो ।