पशुपतिमा महाशिवरात्रिको तयारी, साधुसन्त आउन थाले • Image Khabar Image Khabar


पशुपतिमा महाशिवरात्रिको तयारी, साधुसन्त आउन थाले


Imagekhabar
५ फाल्गुन २०७३, बिहीबार १३:३४

पशुपतिमा महाशिवरात्रिको तयारी, साधुसन्त आउन थाले

पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए ।

विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्ने गरी उपसमिति गठन गरिएको हो ।

महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् ।

“यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गत वर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए”– उनले भने ।

यस वर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ । रासस

प्रतिक्रिया दिनुहोस्