
मुलगेटमा ताला लगाइएपछि स्थानीय विकास अधिकारीलगायत कर्मचारीहरु आफ्नो कार्यकक्षमा प्रवेश गर्न नपाएपछि काम प्रभावित बनेको हो ।
जन्मदर्ता, मृत्युदर्ता, जग्गा नामसारीको सिफारिस, नागरिकतालगायतका सिफारिस नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।
जिल्लाका दुर्गम स्थान लाङटाङ तथा यार्साबाट नागरिकता प्राप्ति तथा जग्गा किनबेच गर्न आएका अधिकांश मानिसहरु चार दिनदेखि महँगो शुल्क तिरेर होटलमा बस्न बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्