विहीबार फुङ्लिङस्थित नेपाली सेनाको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै, विहीबारै भएको दोस्रो खेलमा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई २५–१७, २५–१६, २५–१५ को सोझो सेटमा हरायो ।
प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।





प्रतिक्रिया दिनुहोस्