फाइल फोटो
उक्त वायुले बदली गराएपनि वर्षात् हुने सम्भावना नरहेको मौसमविद् सुभाष रिमालले राससलाई जानकारी दिए ।
‘बुधबारदेखि सुरु भएको पश्चिमी वायुले दिउँसोको तापक्रममा कमी ल्याउनेछ, यो प्रणाली अझै दुई/तीन दिन जारी रहन्छ’–उनले भने ।
मौसमविद् रिमालकाअनुसार पश्चिमी वायुमा जलवाष्पको मात्रा कम भएकाले वर्षा गराउने सम्भावना नरहे पनि पहाडी भेगका केही स्थानमा छिटफुट वर्षात् हुने सम्भावना रहेको छ ।
भूमध्य सागरबाट विकसित भएको ठूलो वर्षा गराउनेखालको यो बादल प्रणालीले अफगानिस्तान र पाकिस्तानमा प्रभाव पार्ने देखिएपनि नेपालमा आइपुग्ने टुक्राटाक्री बादलले वर्षा नपार्ने बताइएको छ ।
विहीबार काठमाडौं उपत्यकाको न्यूनतम् ५ र अधिकतम् तापक्रम २२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्