
वासिंटन, फागुन २३ । अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति बन्न सफल भएकी छन् । कम उमेरमा आफ्नै बलबुतामा अर्बपति बनेकी उनलाई फोर्ब्स म्यागजिनले विश्वकै कान्छी अर्बपति भनेको छ ।
सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनर शृङ्गारका सामानको व्यवसायमा संलग्न छिन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्षमात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्