बंगलादेशमा २६ जना श्रमिकलाई जेलः काठमाडौंस्थित दूतावासमा धर्ना र विरोधपत्र • Image Khabar Image Khabar


बंगलादेशमा २६ जना श्रमिकलाई जेलः काठमाडौंस्थित दूतावासमा धर्ना र विरोधपत्र


Imagekhabar
५ फाल्गुन २०७३, बिहीबार १७:३४

बंगलादेशमा २६ जना श्रमिकलाई जेलः काठमाडौंस्थित दूतावासमा धर्ना र विरोधपत्र

विहीबार उनीहरुले धर्नापछि दूतावासमार्फत् बंगलादेशका प्रधानमन्त्रीलाई विरोधपत्रसमेत पठाएका छन् ।

ग्लोबल युनियन (युनि) नेपालको आयोजनामा भएको धर्ना कार्यक्रममा युनिसँग आवद्ध १७ ओटा ट्रेड युनियन संगठनहरुको सहभागिता रहेको थियो ।

बंगलादेशमा गार्मेन्ट उद्योगमा कार्यरत् श्रमिकहरुले न्यूनतम् तलब वृद्धिको माग गर्दै आन्दोलन गरेकाबेला बंगलादेशी सरकारले केही महिनाअघि २६ जना बंगाली श्रमिक र ट्रेड युनियनकर्मीलाई पक्राउ गरी जेल हालेको थियो ।

अहिले ग्लोबल युनियन र आइटीयुसीले उनीहरुको रिहाइको माग गर्दै अन्तर्राष्ट्रियरुपमा नै अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्