
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा एक दशकभन्दा लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विद्यार्थी संगठन चलायमान हुन सकेका छैनन् । स्ववियु नहुँदा क्याम्पसहरुमा शैक्षिक वातावरणसमेत बन्न सकेको छैन ।
आगामी चुनावमा विद्यार्थीहरु शैक्षिक मुद्दालाई नै प्रमुख प्राथमिकतामा राखेर प्रचार–प्रसारमा उत्रिएका छन् ।
स्ववियु निर्वाचनको तयारी भइरहेको छ । केही क्याम्पसमा भने स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुबीच विवाद भएपछि तालाबन्दी भएको छ । स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रयास पनि जारी छ ।
विवादसँगै विद्यार्थी नेताहरु आफ्नो संगठनलाई बलियो बनाउने अभियानमा भित्रभित्रै लागिरहेका छन् ।
मुख्य गरेर नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
यस वर्षको स्ववियु निर्वाचनमा २८ वर्षभन्दा बढी उमेरका विद्यार्थी उम्मेदवार बन्न नपाउने व्यवस्था भएसँगै विगतको चुनावभन्दा केही फरक हुने भएको छ । यो प्रावधानअनुसार चुनाव गराउन मुख्य विद्यार्थी संगठन सहमत भइसकेका छन् ।
त्यसैले स्ववियुको आगामी नेतृत्व युवा विद्यार्थीले पाउने निश्चित भएको छ । युवाहरु विद्यार्थीहरुले स्ववियु चुनावको मुख्य एजेन्डा शैक्षिक वातावरणलाई बनाएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्