
फाइल फोटो
संघका उपाध्यक्ष दिलुकुमारी पन्तले संगठनको आन्तरिक विवादलाई न्यूनीकरण गरी एकता सुदृढ गर्न विधानानुसार संघ सन्चालन गर्नुपर्नेमा विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जोड दिइन् ।
निर्धारित् समयमा संघको महाधिवेशन गर्न नसक्ने समूहलाई गुटका आधारमा संघ सन्चालन गर्न दिन नहुने बताउँदै उनले ‘नियमावलीविपरीत गठित अन्तर जिल्ला कमिटी विधानविपरीत रहेकाले’ त्यसको छानबिन गर्न माग गरिन् ।
संघका सचिव नरेशकुमार शाहीले पार्टी विधानानुसार जनसंगठनलाई पार्टीले प्रत्यक्षरुपमा नेतृत्व गर्ने सम्पर्क मञ्च र कमिटी गठन गर्न प्रतिबन्ध गरेका अवस्थामा सो विधान प्रतिकूल हुने क्रियाकलापविपरीत प्रोत्साहन दिने कार्य केही गुट तथा समूहले गरेको जनाउँदै त्यसको अन्त्य गर्न पार्टी नेतृत्वलाई आग्रह गरे ।
एक साताभित्र सो प्रक्रिया नसच्याएमा आगामी वैशाख ९ देखि १२ गतेसम्म चितवनको भरतपुरमा संघको नवौं राष्ट्रिय महाधिवेशन आयोजना गरिने चेतावनी दिइएको छ ।
संघका अध्यक्ष राजीव पहारी नेतृत्वको अर्को समूहले पनि सोही समयमा मकवानपुरमा अधिवेशन गर्नका लागि तयारी सुरु गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्