२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पशुपति क्षेत्रको संरक्षणका लागि जतिसुकै खर्च गर्नुपरे पनि सरकार तयार : मन्त्री शाही


0
Shares

गोष्ठीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले पशुपति क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि जतिसुकै खर्च गर्नुपरे पनि सरकार तयार रहेको बताए ।

उनले पशुपति क्षेत्रको २६४ हेक्टर जग्गा अपुग हुने धारणा राख्दै गोठाटारको ५२६ रोपनी जग्गामा सुविधाजन्य धर्मशालालगायत आवश्यक सबै पूर्वाधार तयार गर्ने अवधारणासहित बृहत्तर गुरुयोजना आउनु राम्रो हुने सुझाव दिए ।

कार्यक्रममा कार्यशाला गोष्ठीका एकजना कार्यपत्र प्रस्तोता इन्जिनियर किशोर थापाले पाशुपत क्षेत्रमा आवागमन सहज बनाउन समग्र काठमाडौंको नगर विकास योजनासँग समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यशाला गोष्ठीमा विभिन्न स्वदेशी तथा विदेशी विज्ञहरुले गुरुयोजनासम्बन्धी अवधारणा प्रस्तुत् गर्ने जनाइएको छ ।