
आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त संकलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराए ।
आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो ।
अनलाइनमार्फत् फाराम भरेकामध्ये ६७ हजार आठ सय ९८ जनाले आयोगमार्फत् तथा अन्यले हुलाकमार्फत् शुल्क बुझाएको उनले जानकारी गराए ।
उनकाअनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए । रापअ प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो ।
नासुको यही फागुन २८ गते परीक्षा हुँदैछ । रासस
प्रतिक्रिया दिनुहोस्