२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


नेप्से २७ अंकले सुधारियो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से २७ अंकले सुधारिएर १३ सय ४३ पुग्यो । यसदिन कारोबार परिमाणमा पनि सुधार आयो ।

कारोबार भएकामध्ये अधिकांशजसो समूहमा सुधार आयो । बीमा समूहमा सबैभन्दा उच्च २ सय ९० अंकको वृद्धि आयो । वाणिज्य बैंक समूह पनि २६ अंकले उकालो लाग्यो । होटल र विकास बैंक समूह पनि २४/२४ अंकले बढे । जलविद्युत् र वित्त र समूह पनि दोहोरो अंकले सुधारिए । अन्य र उत्पादनमूलक समूह भने सामान्य अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४५ कम्पनीको २६ लाख ६५ हजार कित्ता सेयर ६६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।