८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भैरहवामा विशेष आर्थिक क्षेत्र कार्यालयको उद्घाटन


0
Shares

कार्यालयको विहीबार एक कार्यक्रमकाबीच उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले सेजमा २१ ओटा उद्योगले प्रस्ताव गरेको र ५ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने बताए ।

उनले उद्योग सन्चालनका लागि आवश्यक बिजुली तत्काल उपलब्ध गराउने भन्दै सेजमा उद्योग निर्माण गर्न उद्योगीहरुलाई आग्रह पनि गरे ।

उनले सेजमा स्थापना हुने उद्योगका लागि सेजमै दर्ता गरे हुने व्यवस्थासमेत सरकारले मिलाएको पनि बताए ।

७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने २१ कम्पनीसँग सेजले सम्झौता गरिसकेको जनाइएको छ ।