११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


चन्द माओवादीको महाधिवेशनमा भारत, बंगलादेश, स्पेन, फ्रान्सका पार्टीका प्रतिनिधि


0
Shares

                                                                                        फाइल फोटो
देशभरबाट आएका ८०० प्रतिनिधि र २०० पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएको तथा भारत, बंगलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिकोसमेत उपस्थिति रहेको माओवादीले बताएको छ ।

शुक्रबार महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगतरुपमा छलफल हुने बताइएको छ ।

महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवं अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र अन्य पाहुनालाई स्थानीयकै घरमा बस्ने व्यवस्था मिलाइएको स्थानीयवासी अमित घर्तीले बताए ।

शान्ति–प्रक्रियापछि माओवादी नेतालाई आफ्नै गाउँघरमा देख्दा जनयुद्धकालीन समयको याद आएको उनले बताए ।

बन्दसत्र सुरु हुनुअघि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले बन्दसत्रको रुपरेखाबारे पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

यही फागुन १ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन भएको आठौं महाधिवेशनको बन्दसत्र फागुन १० गतेसम्म चल्ने बताइएको छ । रासस