भारतीय पूर्वराजदूतले भने– नयाँ नेपालमा पुरानो मधेस हुनुहुँदैन • Image Khabar Image Khabar


भारतीय पूर्वराजदूतले भने– नयाँ नेपालमा पुरानो मधेस हुनुहुँदैन


Imagekhabar
६ फाल्गुन २०७३, शुक्रबार ०६:३६

भारतीय पूर्वराजदूतले भने– नयाँ नेपालमा पुरानो मधेस हुनुहुँदैन

जनकपुरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराजदूत मुखर्जीले अहिले नेपालको राजनीतिमा नयाँ नेपाल बनोस् भन्ने चाहना भए पनि मधेस पुरानै रहोस् भन्ने मानसिकता व्याप्त रहेको र त्यो कहिले सम्भव नहुने धारणा राखेका थिए ।

उनले वर्तमान राजनीतिप्रति इंगित गर्दै भने, ‘नेपालका जनतामा असन्तुष्टि व्याप्त छ । संविधानमा मधेसीमा मुद्दालाई सम्बोधन गरिएको छैन । यस्तो अवस्थामा नेपालमा लोकतन्त्र संस्थागत गर्न गाह्रो छ ।’

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथि र भारतीय राजदूत रञ्जित रेसमेत उपस्थित कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्