राउण्ड अफ थर्टीटु अन्तर्गत पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले फ्रान्सको सेन्ट इटिनीलाई ३–० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन ईब्राहिमोभिचले ह्याट्रिक गरेका थिए ।
अर्को इंग्लिश क्लव टोटनह्याम हट्सपर भने गएराति पराजित भयो ।
टोटनह्यामलाई बेल्जियमको गेन्कले १–० ले हराएको हो । युरोपा लिगका अन्य खेलहरुमा फ्रान्सको लियोंले नेदरल्याण्ड्सको अल्कमारलाई ४–१ ले पराजित गर्दा स्पेनको एथ्लेटिक बिल्बाओ, टर्कीको बेसिक्टास, ईटालीको फियोरेन्टीना र युक्रेनको शख्तर पनि विजयी भएका छन् ।





प्रतिक्रिया दिनुहोस्