१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


जुम्लामा समयमै पुग्यो पाठ्यपुस्तक


0
Shares

शैक्षिक शत्र शुरु भएलगतै तीन वटा डिलरले पाठ्यपुस्तक जुम्ला पु¥याएका हुन् । जुम्लाका करिब ३० हजार विद्यार्थीले सधैं नै पुस्तक समस्या ब्यहोर्दै आएका छन् । अहिलेसम्म चार हजार तीन सय सेट किताबमात्रै पुगेको छ ।

जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जबाट जिल्लाका स्टेशनरीहरुले विद्यार्थीको माग बमोजिमका पुस्तक ल्याउने काम गरिरहेका छन् । एकमुष्ठ पुस्तक खरिद गर्न आर्थिक अभाव र पुस्तक थन्किने हुँदा विद्यार्थीले मागे बमोजिममात्र ल्याउने गरिएको पुस्तक व्यवसायीहरु बताउँछन् ।

शिक्षा कार्यालयले पाठ्यपुस्तक खरिदका लागि विद्यालयमा ढिलो रकम पठाउने गर्दा विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्न नसकेको शिक्षकहरु बताउँछन् । कर्णालीमा फागुन महिनामा नयाँ शैक्षिक शत्र शुरु भई मंसिरमा सकिन्छ ।