वनभरी लालिगुराँस ढकमक्क, आयुर्वेदिक महत्व भए पनि सदुपयोग भएन • Image Khabar Image Khabar


वनभरी लालिगुराँस ढकमक्क, आयुर्वेदिक महत्व भए पनि सदुपयोग भएन


Imagekhabar
६ फाल्गुन २०७३, शुक्रबार १३:३०

वनभरी लालिगुराँस ढकमक्क, आयुर्वेदिक महत्व भए पनि सदुपयोग भएन

राष्ट्रिय फुल लालीगुराँस, आयुर्वेदिक औषधि लालीगुराँस र गीत संगित तथा कला र गलामा गुञ्जिने लाली गुराँस । सुदूरपश्चिमका विभिन्न वनजंगलमा अहिले ढपक्क फूलेर मनमोहक बनाएको छ । डडेल्धुराको पहाडी भेगमा शरद ऋतुको अन्तिमपछि फूलेर बसन्त ऋतुसम्म वनजंगलको शोभा बढाउने लालीगुराँसको सदुपयोग भने हुन सकेको छैन ।

केहि वर्ष पहिले जिल्ला वन कार्यालय डडेल्धुराको पहलमा लालीगुराँसलाई प्रशोधन गरि आयुर्वेदिक पेयपदार्थको रुपमा उत्पादन गरे पनि पछिल्लो समयमा स्थानीय उपभोक्ता तथा सम्बन्धित निकायले ध्यान नदिदा सडेर जाने अवस्थामा पुगेको छ ।

डडेल्धुराको सदरमुकाम आसपास, दशरथचन्द राजमार्ग भिमदत्त राजमार्ग, डा.केआईसिंह राजमार्ग, महाभारत पर्वत श्रृंखला, बागबजार–बगरकोटलगायत अधिकांश ग्रामीण सडकका छेउछाउमा सयौं टन लालीगुराँसका फूलहरु फूल्ने गर्दछन भने सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा विभिन्न रंगका आकर्षक लालीगुराँसका फूलहरु देख्न पाईन्छ ।

मुटु रोग, उच्च रक्त चाप र अल्सर लगायतका बिरामीका लागि जैबिक तथा प्राकृतिक अचुक औषधिको रुपमा लिईएको राष्ट्रियता समेत झल्किने फूललाई राज्यले सदुपयोग गर्न सके स्थानीय जनताको आर्थिक उपार्जनको माध्यममात्र बन्ने छैन, राष्ट्रियताको पहिचान र सम्मान पनि हुने कुरामा दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्