२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


हेलिकोप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो


0
Shares

काठमाडौं, फागुन २२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जंगलमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेलापरेको छ ।

यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकोप्टर दुर्घटना हुँदा उनका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको ‘नाइन एमएम’को पेस्तोल हराएको थियो ।

ताप्लेजुङको अस्थायी प्रहरीचौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गइ खोजी गर्नेक्रममा उक्त पेस्तोलसहित दुईथान म्याग्जिन, तीनथान साबुत गोली, तीनओटा खोका र मोबाइल जलेको अवस्थामा फेलापरेको प्रहरीले बुधबार जानकारी दिएको छ ।

सो दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सातजनाको निधन भएको थियो ।

तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्कनेक्रममा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रासस