Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बुढासुब्बा गोल्डकपमा पुलिसको सनसनीपूर्ण जित


0
Shares

एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शुक्रबार भएको खेलमा पुलिसले आयोजकको दोस्रो टिम धरान ‘पहेंलो’लाई ‘सडन डेथ’मा पराजित गर्दै अन्तिम आठमा ठाउँ पक्का गरेको हो ।

खेलको १७औं मिनेटमा कप्तान योगेश राईले गोल गर्दै धरान पहेंलोलाई अग्रता दिलाए ।

अन्तिम मिनेटसम्म धरानले अग्रता लिएपनि इन्जुरी समयको अन्तिम पलमा पुलिसका विक्रम धिमालले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा पनि बराबरी प्रतिस्पर्धा भएसँगै सडन डेथमा पुलिसले बाजी मारेको हो ।

सडन डेथमा धरानका विवेक राई गोल गर्न चुक्दा हेमु लिम्बूले गोल गर्दै पुलिसलाई जिताए ।