राप्रपा भनेपछि नजिक–नजिकजस्तो लाग्छ : प्रधानमन्त्री, कसले–के भने ? (भिडियोसहित) • Image Khabar Image Khabar


राप्रपा भनेपछि नजिक–नजिकजस्तो लाग्छ : प्रधानमन्त्री, कसले–के भने ? (भिडियोसहित)


Imagekhabar
६ फाल्गुन २०७३, शुक्रबार १९:२२

राप्रपा भनेपछि नजिक–नजिकजस्तो लाग्छ : प्रधानमन्त्री, कसले–के भने ? (भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले संविधान जारी गर्ने बेलाकोजस्तै परिपक्वता अहिले देशले खोजेको बताए ।

संविधान कार्यान्वयनमा सहयोग गर्न राप्रपासँग आग्रह गर्दै राप्रपासँग दर्शन नमिले पनि भावना मिल्ले प्रधानमन्त्री दाहालको दाबी थियो ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले सधैं व्यवस्थाका लागि लडेको भन्दै ‘कांग्रेस सिध्याउँछु भन्दै हिँड्नेहरुसमेत त्यही व्यवस्थालाई आत्मसात् गर्न बाध्य भएको’ बताए ।

संविधान संशोधन गर्दैै निर्वाचनमार्फत् मात्रै संक्रमणकालको अन्त्य हुने भन्दै उनले ‘त्यसका लागि सबै तयार हुनुपर्छ’–भने ।

महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राष्ट्रवादी शक्तिकोरुपमा एमाले र राप्रपामात्र रहेको जिकिर गरे ।

राप्रपासमेत सहभागी आफू नेतृत्वको सरकारले मुलुकमा निकै राम्रो काम गरेको उनको भनाइ थियो ।

यस्तै, राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दूधर्म र संवैधानिक राजतन्त्र बोक्ने उद्घोष गरे ।

अध्यक्ष थापाले राष्ट्रियतालाई बलियो बनाउन राजतन्त्र आवश्यक रहेको भन्दै राप्रपाले लोकतन्त्रसहितको राजसंस्थाको वकालत गर्ने बताए ।

कार्यक्रममा राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेता पशुपतिशमशेर राणाले राप्रपाले चुनाव चिन्हकोरुपमा हलो नै बनाउनुपर्ने धारणा राखे ।

राप्रपाका अर्का वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले राप्रपाले समृद्धिका लागि नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादार, तमलोपाका वरिष्ठ नेता हृदयेश त्रिपाठी, माले महासचिव सीपी मैनाली, सद्भावनाका सहध्यक्ष लक्ष्मणलाल कर्णलगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्