केन्द्रीय बैंकको अनुगमन अत्यन्त फितलो र सुस्त भएको पनि उनीहरुले आरोप लगाएका छन् ।
अर्थविद्हरुको संस्था ‘आइएसएसआर’ले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी आर्थिक अवस्थाप्रति चिन्ता जताएका हो ।
संस्थाका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुर्यालले ‘बैंकहरुले राष्ट्र बैंकले दिएको कर्जासीमा नाघिसक्दा पनि केन्द्रीय बैंक सीमाभित्रै छ भनी बसेको’ आरोप लगाए ।
केन्द्रीय बैंकले पुससम्म १५ खर्ब ९५ अर्ब रुपैयाँको लगानी सीमा दिएको भएपनि बैंकहरुले माघ तेस्रो हप्तासम्म १६ खर्ब ११ अर्ब प्रवाह गरिसकेको तथ्यांक उनले प्रस्तुत् गरे ।
अहिलेको समस्या तरलता संकट नभै कर्जायोग्य रकमको संकट र पुँजीको खराब व्यवस्थापनको अवस्था भएको पनि संस्थाको ठहर छ ।
अहिलेको समस्यालाई बहाना बनाएर आगामी मौद्रिकनीतिमा सर्वसाधारणको निक्षेपको सुरक्षा हेतु व्यवस्था गरिएको ६ प्रशिशतको ‘सीआरआर’ घटाउने प्रपन्च रचिँदै गएकोप्रति पनि उनले सचेत गराए ।
छोटो समयभित्र पुँजीवृद्धि गर्ने होडबाजीमा बजारको आन्तरिक स्थीरता बिग्रेको पनि संस्थाको भनाइ छ ।
सरकारी खर्च ढुकुटीमा थुप्रिनु पनि अहिलेको समस्याको अर्को ठूलो कारक रहेको भन्दै अर्थविद्हरुले जतिसक्दो छिटो खर्च परिचालनमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्थ मन्त्रालयका पूर्वप्रमुख आर्थिक सल्लाहकार प्रा.डा. गोविन्द नेपालले सामान्य वर्षमा पनि सरकारी खर्च निराशाजनक हुनु विडम्बना भएको उल्लेख गरे ।
उच्च प्राथमिकता प्राप्त राष्ट्रिय गौरवका आयोजनाहरुतर्फको खर्च नै दयनीय रहेको उनले उल्लेख गरे ।
बिनातयारी परियोजनाहरुमा बजेट छुट्याउँदा र विधि पुर्याउनेजस्तोमात्र अनुगमनका कारण पनि यस्तो समस्या आएको उनको जिकिर छ ।









प्रतिक्रिया दिनुहोस्