
विहीबार राति विकिलिक्सद्वारा उक्त दस्तावेजलाई सार्वजनिक गर्दै ‘अमेरिकी जासुसहरु अनधिकृतरुपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको’ जनाइएको छ ।
विकिलिक्सद्वारा प्रकाशित सीआइएसम्बन्धी गोप्य दस्तावेज असाधारण भएपनि निर्देशन सामान्य सूचना संकलनजस्तो देखिएको छ ।
फ्रान्सेली सन्चारमाध्यमले दस्तावेजबाट निर्वाचन हुनुभन्दा दुई महिनापहिले सार्वजनिक यस सूचनालाई खासै महत्व भने दिएको पाइएन ।
सीआइएद्वारा दस्तावेजबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरिएको छ ।
विकिलिक्सले दस्तावेज कहाँबाट आएको हो भन्ने विषयमा प्रतिक्रिया नदिएको तर इमेलमार्फत् सूचना आधिकारिक भएको जनाएको छ । रासस/एपी
प्रतिक्रिया दिनुहोस्