
सशस्त्र गतिविधिमा संलग्नविरुद्धको अभियानमा एक सय भन्दा धेरै व्यक्ति मारिएको दावी पाकिस्तानी अधिकारीहरुले गरेका हुन् ।
सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलन्दरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा आक्रमण गरी दर्जनौं व्यक्तिको हत्या गरेपछि कारवाहीमा उत्रिएका सुरक्षाकर्मीले उनीहरुलाई निशानामा पारेका हुन् ।
दरगाहमा विहीवार गराइएको आत्मघाती आक्रमणमा ८० जना मारिएका थिए । त्यसपछि पाकिस्तानी सेनाले सिन्ध र पञ्जाब प्रान्तसहित देशभर कारवाही अभियान थालेको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले बताए ।
अभियानको क्रममा धेरै पक्राउ परेका छन् । कारवाही अझै कायमै रहेको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय गराइएका आत्मघाती आक्रमणमा थुप्रैं मारिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्