२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धनकुटामा २५ करोडको सुन्तला उत्पादन


0
Shares

यो उत्पादन गत वर्षभन्दा करिब १५ प्रतिशतले बढी हो । गतवर्ष २२ करोड रुपैयाँ बराबरको मात्र सुन्तला उत्पादन भएको थियो ।

७ सय ७५ हेक्टरमा गरिएको खेतीबाट ३ हजार ७ सय ७० मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

रोग किराको कम प्रकोप र मौसम अनुकूल भएकाले धनकुटा नगरपालिका, खोकु, छिन्ताङ, मौनावुधुकलगायतका क्षेत्रमा बढी सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतप्रसाद विडारीले जानकारी दिए ।

उत्पादित सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौं तथा भारतसम्म निर्यात भएको कार्यालयले जनाएको छ ।