Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


शनिबार बिहान धादिङमा धक्का


0
Shares

शनिबार बिहान ६ बजे धादिङको बेनीघाट केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पन आएको हो ।

यो गत वर्षको वैशाख १२ गते गएको शक्तिशाली ‘गोरखा भूकम्प’कै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, गत माघ २२ गते दोलखा केन्द्रबिन्दू भएर ४.४ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।

गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडदेखि माथिका ४७७ ओटा पराकम्पन मापन भइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।