२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राप्रपा महाधिवेशनः निर्वाचन कार्यक्रम सार्वजनिक


0
Shares

काठमाडौंको भृकुटीमन्डपमा जारी बन्दसत्रमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेस गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ ।

तीनओटै प्रतिवेदनमाथि सहभागीहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी रहेको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

यसैगरी, महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

निर्वाचन कार्यक्रमअनुसार आइतबार (भोलि) उम्मेदवारले मनोनयन दर्ता गर्ने र सोमबार निर्वाचन हुनेछ ।

राप्रपाको ९ गतेसम्म चल्ने यस महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्नेछ ।

संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १६१ सदस्यीय कार्यसमिति चुन्नेछ ।