शनिबार काठमाडौंको लाजिम्पाटस्थित सम्पदा गार्डेन रिसोर्टको उद्घाटन कार्यक्रममा उनले लगानीको वातावरण भए लगानी गर्न व्यवसायी तयार रहेको बताए ।
पर्यटन क्षेत्रको विकासबिना आर्थिक समृद्धि असम्भव रहेको भन्दै उनले पर्यटन क्षेत्रको विकासका लागि होटल र गुणस्तरीय रिसोर्ट आवश्यक रहेको बताए ।
कार्यक्रममा कलाकार शम्भुजित बाँस्कोटा, मदनदास श्रेष्ठलगायतले व्यवसायमा लगानीमैत्री वातावरणको आवश्यकता रहेकोमा जोड दिए ।
पाँच रोपनी जग्गामा ५ करोड रुपैयाँको लगानीमा खोलिएको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकलाई केन्द्रित गरिएको प्रबन्धक नरेन्द्र मल्लले बताए ।









प्रतिक्रिया दिनुहोस्