१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


इन्धन आयातमा वृद्धि


0
Shares

                                                                                      फाइल फोटो

चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर रु. ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरको पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिकटन खाना पकाउने एलपी ग्यास आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा यो नाकाबाट रु. ३० अर्ब ६४ करोड ७३ लाख छ हजार मूल्य बराबरको एक लाख २३ हजार ९०३ केल इन्धन र २४ हजार ४११ मेट्रिकटन खाना पकाउने एलपी ग्यास आयात भएको थियो ।

यो गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सोहि अवधिमा रु. एक अर्ब ९८ कारोड ६५ लाख बढी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए ।

उनले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा चार लाख २३ हजार ९७५ केल इन्धन र ७४ हजार ९२८ मेट्रिकटन खाना पकाउने ग्यास बढी आयात भएको बताए ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकाबाट भएको इन्धन आयातबाट भन्सार कार्यालयले रु. सात अर्ब ६७ करोड ८१ लाख राजस्व संकलन गरेको छ ।

वीरगन्ज नाका प्रयोग गरी भारतको रक्सौल, बरौनी, मथुरा, हल्दियालगायतका स्थानबाट नेपालक लागि पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास आयात हुने गरेको छ ।

नेपालका लागि आवश्यक इन्धनको ६० प्रतिशत इन्धन वीरगन्ज नाकाबाटै आयात हुने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट एक लाख २३ हजार ८६२ केल पेट्रोल, ८० हजार ६६२ केल एटीएफ (हवाई इन्धन), ६ हजार ३१७ केल मट्टितेल र तीन लाख ३६ हजार ७६४ केल डिजल आयात भएको छ । रासस