२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


तमिलनाडुको विधानसभामा तान्डव ! सभामुखको सर्ट च्यातियो, माइक भाँचियो


0
Shares

शनिबार विधानसभाको विशेषसत्रमा ध्वनीमतका आधारमा उनले विश्वासको मत जितेका हुन् । गत विहीबार उनले मुख्यमन्त्रीको शपथ लिएका थिए ।

विपक्षी कंग्रेस, डीएमके र पनीरसेल्बमको खेमाले विश्वासको मत गोप्य मतदानबाट हुनुपर्ने माग गरेका थिए । तर, सभामुखले यो माग अस्वीकार गरेपछि तोडफोड सुरु भएको थियो ।

झडपकाक्रममा सभामुखले आफ्नो सर्ट च्यातिएको बताएका छन् । अराजक स्थितिकाबीच आफू अपमानित हुनुपरेको उनको भनाइ छ ।

तर, डीएमकेका सांसदहरुले भने सभामुख आफैंले सर्ट च्यातेको दाबी गरेका छन् । सभामुखको टेबलमा राखिएको माइकसमेत भाँचिएको बताइएको छ ।

विधानसभाको कारबाही स्थगित हुनुभन्दापहिले सभामुखले डीएमकेका सदस्यहरुलाई सदनबाट बाहिर निकाल्न आदेश दिएका थिए । यसपछि सदनमा फेरि हंगामा सुरु भएको थियो । (एजेन्सी)