Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


मनाङको मुख्य प्रशिक्षकमा लोप्साङ नियुक्त


0
Shares

काठमाडौं, फागुन २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ–मर्स्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ नियुक्त भएका छन् ।

घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले मुख्य प्रशिक्षकमा लोप्साङलाई पुनःनियुक्त गरेको हो ।

यसअघिपनि लोप्साङले पाँच वर्षअघि मनाङ–मर्स्याङ्दी क्लब सम्हालेका थिए ।

लोप्साङको नाम मुख्य प्रशिक्षककारूपमा समावेश गर्दै मनाङले एएफसी कपका लागि खेलाडीको प्रारम्भिक सूची पठाएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी अधिकांश खेलाडीले एएफसी कप खेल्नेछन् ।

मनाङ क्लबको व्यवस्थापन भर्खरैमात्र परिवर्तन भएको थियो । प्रत्येक दुई वर्षमा परिवर्तन हुने नेतृत्वअनुसार क्लबको अध्यक्षमा छिमी उर्गेन गुरुङ चयन भएका छन् ।

क्लबको नेतृत्वमा छिमीको पुनरागमनसँगै लोप्साङले मनाङको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

लोप्साङ नेपालबाट एएफसीको ‘ए’ ग्रेडको लाइसेन्स प्राप्त गर्ने पहिलो ‘ब्याच’का प्रशिक्षकसमेत हुन् ।

अघिल्लो महिना सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दा मनाङको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ थिए ।

श्रेष्ठले एन्फाको यु–२३ टोली सम्हालेलगत्तै मनाङले नयाँ प्रशिक्षक नियुक्त गरेको हो । रासस