Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


रुखको मुढाले किचेर घाइते भएकालाई हेलिकप्टर चार्टर गरी काठमाडौँ !


0
Shares

शनिबार दिउँसो काठ काट्ने क्रममा मुढाले किचेर खुटा भाँचिएपछि उपचारका लागि स्वास्थ्य चौकी गुदेलमा ल्याइएको र उपचारका क्रममा पिसाबथैली समेत फुटेको पाइएपछि त्यहाँ उपचार सम्भव नभएको गुदेल स्वास्थ्य चौकीका इन्चार्ज रामु केसीले जानकारी गराए ।

घाइतेको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि बिरामीका आफन्तले आज ऋण खोजेर रु एक लाख ८० हजारमा हेलिकाप्टर चार्टर गरेको केसीले बताए । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

सडक यातायातको पहुँच नभएको जिल्लाको कोसीपारीका दुर्गम गाविसका बासिन्दाको स्वास्थ्यमा केही जटिल अवस्था आए बाँच्नका लागि हेलिकप्टर चार्टर नै अन्तिम विकल्प हुने गर्छ ।

यस्तो अवस्थामा कि मर्नुपर्ने वा घरबारी बेचेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । रासस