
न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएकोमा प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ मंगलबारका लागि सारिएको हो ।
कपिलदेव ढकालले दायर गरेको रिटमा सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र कार्यमूल्यांकन प्रतिवेदन तीन दिनभित्र बुझाउन सर्वोच्चले आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्