Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बुढासुब्बा गोल्ड कपमा धरान नीलो सेमिफाइनलमा प्रवेश


0
Shares

धरान– १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा कास्की–११ पोखरालाई ३–० गोलले पराजित गर्दै धरानले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

धरानको जितमा खेलको १४ औं मिनेटमा रजिन सुब्बा, २८ मिनेट प्रकाश बुढाथोकी र ६९ मिनेटमा बुद्ध चेम्जोङले एक एक गोल गरे ।

धरान विरुद्ध सुरुवात देखि नै आक्रमक रुपमा प्रस्तुत भएको पोखराले भने गोल गर्ने चारवटा अवसर पाउँदा समेत गोल गर्न सकेन् ।

खेलको म्यान अफ दि म्याच धरानका रजिन सुब्बा घोषित भए । उनले नगद ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । भोलिको क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लव र संकटा क्लवबीच हुने छ ।