उतार चढावबीच बजार परिसूचक नेप्से २५ अंकले उकालो लागेर १३ सय ६९ मा पुगेर थामियो । कारोबारमा पनि यस दिन बृद्धि आयो । होटल र उत्पादनमूलक बाहेक अरु सबै समूहमा सुधार आयो ।
बीमा समूहमा सबैभन्दा उच्च २ सय ९५ अंकको बृद्धि आयो । विकास बैंक समूह २९ अंकले, अन्य समूह २४ अंकले अनि वित्त समूह पनि २० अंकले उकालो लागे । वाणिज्य बैंक समूह पनि दोहोरो अंकले बढ्दा जलविद्युत समूह भने सामान्य अंकले सकारात्मक रह्यो ।
होटल समूहमा भने १९ अंकको गिरावट आयो । उत्पादनमूलक समूह सामान्य अंकले ऋणात्मक रह्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको २१ लाख कित्ता बराबर शेयर ६७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्